सुर्खेत । कर्णाली प्रदेशका प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रोक लगाइएको छ। प्रहरीबाट उच्च जिम्मेवारीका साथ कर्तव्य पालना होस् भन्ने हेतुले ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने व्यवस्था गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम प्रसाद ढकालले बताए। सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको…