पाटन– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन् । साथै उनले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ ललितपुरले शनिबार आयोजना गरेको कार्यक्रममा उनले ‘डिजिटल मिडिया’मार्फत समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिए।…