काठमाडौं । रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्लेले आमूल सुधारको राजनीतिमार्फत नेपाललाई जिताउन आएको बताएका छन् । आइतबार चितवनमा पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उपसभापित वाग्लेले आफूहरु कसैलाई हराउन र पुरानो पुस्तासँग लड्न नभई नेपाललाई जिताउन र राजनीतिक संस्कार बसाल्न आएको बताएका हुन् । रास्वपालाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्न लागिएको भन्दै उहाले…