काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको आधिकारिक लाइनभन्दा फरक मत सहितको अवधारणा पत्र पेस गरेका छन् । उक्त अवधारणामा शर्माले २०६३ सालको परिवर्तनपछि अङ्गीकार गरिएको गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘धोका’ को संज्ञा दिँदै पुरानै विरासतमा फर्कनुपर्ने प्रस्ताव अघि सारेका हुन् । शर्माले देश अहिले ‘जेनजी’ आन्दोलनपछि सङ्कटको भुमरीमा फसेको…