काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट महिला क्लस्टरबाट रोशनी मेचे र दलित क्लस्टरमा सोमनाथ पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन्। अन्य क्लस्टरबाट काँग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावक उद्धव थापा…