दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) — पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ। बसमा चालकसहित १८ जना यात्रु सवार थिए। प्रहरीका अनुसार दुर्घटनामा बाँकेको…