सन्दीप लामिछानेविरुद्धकाे मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आइतबार फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी…