काठमाडौँ - प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि सरेको छ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।…