२२ पुस, काठमाडौं । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।…