काठमाडौँ। कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण राज अवस्थी नियुक्त भएका छन् । उनीसँग पत्रकारिता, आर्थिक–राजनीतिक विश्लेषण र अध्यापन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । अवस्थी कान्तिपुर दैनिकसँग दोस्रो पटक आबद्ध भएका हुन् । यसअघि उनी आर्थिक समाचार सम्पादकको भूमिकामा काम गरिसकेका छन् । त्यतिबेला उनले आर्थिक पत्रकारितालाई गहिरो र परिष्कृत बनाउन महत्वपूर्ण योगदान दिएका…