एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उहाँको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो । असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गाैला रोगबाट पीडित हुनुहुन्थ्यो । दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत…