चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा खटिएका बेला गैँडासँग जम्काभेट हुँदा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते भएका छन्। आत्मरक्षाका लागि गोली चलाउँदा गैँडा मरेको छ। घटना बिहीबार दिउँसो १२ः५० बजेतिरको हो। श्री नयाँ गोरख गणअन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोस्टबाट गस्तीमा खटिएका चार सिपाहीसँग अर्ध वयस्क बच्चासहितको आमा गैँडाको अचानक जम्काभेट भएको थियो। निकुञ्जका…