काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् । समिति सभापति ईश्वरी न्यौपानेले समितिमा पाँच वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जानकारी दिएकी छन् । समितिको आज सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिएकी…