शान्तिनगरवासीकाे बिजुली बिल गाउँपालिकाले तिरिदिने

दाङ - दाङको शान्तिनगर गाउँपालिकाले गाउँपालिकावासीको बिजुली बिल तिर्ने भएको छ। पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकावासीको न्यूनतम बिजुली बिल तिर्ने घोषणा गरेको हो। पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको बिजुली बिल पालिकाले तिर्नेछ। 'गाउँपालिकावासीको मागका आधारमा यो नीति ल्याएका हौं, यो लुम्बिनी प्रदेशकै…