काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् । पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । बागलुङ कारागारमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर अदालतले बयान लिएको थियो । आइतबार बयान सकिएसँगै सोमबार भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश…