एनआरएनए व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा विकास नहोस् : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गरेका छन्। संघद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखा पर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे । ‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा…