सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सुन तोलामा १ लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ ।…