घरायसी विवादमा श्रीमतीको हत्या

म्याग्दी । बेनी नगरपालिका-७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका-३ पारिबेनी घर भई हाल मंगलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको…