बेपत्ता भएका ५ जना किशोरी ढल्केबरमा भेटिए

जनकपुरधाम । महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका ५ जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु बिहीबार बिहान धनुषाको ढल्केबरमा फेला परेका हुन् । बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए…