टेलिकमकी प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा, ३३ करोड बिगो दाबी

काठमाडौ  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ। टेलिकमको बिलिङ प्रणाली र मर्मत शुल्कमा अनियमितता भएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उनीहरुविरुद्ध ३३ करोड रुपैयाँ बिगो दाबी गरेको स्रोतले जनाएको छ। मुद्दा दायरका लागि आवश्यक फाइल विशेष अदालतमा पेस गरिसकिएको…