प्रवासीलाई भोटिङ अधिकार दिनेबारे नीति तथा अनुसन्धान प्रतिष्ठानलाई अध्ययन गर्ने

काठमाडौँ । विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउने विधि र कानुनकोबारे अध्ययन गर्न नीति तथा अनुसन्धान प्रतिष्ठानलाई जिम्मा लगाइएको छ । यही निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग चर्को रूपमा उठिरहेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक रूपमा नै विदेशमा रहेका नेपालीलाई मतदानका लागि प्रबन्ध गर्नेबारे कोसिस गर्ने प्रतिबद्धता…