गोसाइँकुण्डमा स्नान गर्दै भक्तजन

रसुवा । जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डमा आज भक्तजनले स्नान गरिरहेका छन् । पवित्र कुण्डमा स्नान तथा पूजाआजा गरी धार्मिक लाभ प्राप्त गर्न नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, धनुषा, मकवानपुर, कास्की, स्याङ्जा, तनहुँ, गोरखा, भोजपुर, रामेछाप, सप्तरीलगायत विभिन्न जिल्लाका भक्तजन एवं स्थानीयस्तरका बासिन्दाले बिहान २:०० बजेदेखिनै स्नान तथा पूजा आराधना सुरु…