काठमाडौँ- कालिकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नं ख का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न बिहीबार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेको हो । कठिन भौगोलिक अवस्थिति रहेको कालिकोटमा नागरिकतालगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न…