दुर्गा विसर्जनको क्रममा डुबेर ३ जनाको मृत्यु

काठमाडौँ। दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर-१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । बेपत्ता भएको खबरपछि…