गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य गलत : प्रचण्ड

मोरङ - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र खतरामा नभएको बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा पर्‍यो भन्ने भाष्य ठीक नभएको बताएका छन् । ‘गणतन्त्र खतरामा छैन,’ प्रचण्डले भने, ‘गणतन्त्रमा हामी यसै पनि एक छौं, त्यसै पनि छौं ।’…