सरकारले संविधान संशोधनको मुख्य वाचा बिर्सिएको गगन थापाको टिप्पणी

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गर्ने वाचा काँग्रेस-एमाले गठबन्धन सरकारले भुलेको बताएका छन् । काँग्रेस र एमाले सरकार चलाउन मस्त हुँदा संविधान संशोधनको मुख्य वाचा नै बिर्सिएको उनको भनाइ छ । बाँके क्षेत्र नम्बर-२ को सम्मेलनलाई मंगलबार सम्बोधन गर्ने क्रममा थापाले संविधान संशोधनका लागि तत्काल कार्य प्रारम्भ गर्नुपर्ने उनले बताए ।…