एमालेको दोस्रो विधान महाधिवेशन : गोदावरीमा एमाले कार्यकर्ता सांस्कृतिक झाँकीसहित उपस्थित भए

काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल छ । विधान महाधिवेशनमा सहभागीहरूको स्वागतमा एमाले कार्यकर्ताहरू सांस्कृतिक झाँकीसहित उपस्थित भएका छन् । उनीहरू हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका मौलिक भेषभूषामा सजिएका छन् । सारंगी, ढोलसहितका परम्परागत बाजा र सांस्कृतिक पहिरनसहित उनीहरू उपस्थित छन् । त्यहाँ नेपालको सांस्कृतिक विविधता देखिन्छ । ललितपुरको गोदावरीस्थित सनराइज…