पर्यटक लाेभ्याउँदै माेहरेडाँडा

बेनी । घना जंगलको शिरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि ३ हजार ३१३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यू प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको…