काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन् । ७७ जिल्ला पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत आउन नसक्ने भए पनि कुनै न कुनै दलसँग मिल्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक स्थायित्वका लागि अहिले मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका छौँ ।…