अपराजित रहँदै एपीएफले जित्यो एन्फा महिला लिग फुटबलको उपाधि

काठमाडौँ । विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फर्म्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपीएफ बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू…