भक्तपुर । नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने मेलामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान तथा सूर्यलाई अर्घ्य दिएर व्रत सुरु भएको पुजारी सरोजन शर्माले बताए । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं…