भ्रष्टाचार मुद्दामा वैदेशिक रोजगार विभागका नायब सुब्बा पाण्डे दोषी ठहर

काठमाडाैँ । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे घुस मुद्दामा दोषी ठहर भएका छन्। सेवाग्राहीसँग ३० हजार रुपैँया घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्षको चैतमा पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पाण्डेलाई दोषी ठहर गरी ३० हजार रूपैयाँ…