ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। पुस १८ गतेदेखि स्थापनाको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले सातवटै प्रदेशमा एकैसाथ रक्तदानसहित निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत कोशीको तिनपैनी, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको कान्तिपथ र नारायणगढ,…