बाढी पहिरो पीडितलाई अस्थायी घर बनाउन पहिलो किस्ता वितरण

काठमाडौँ- काभ्रेपलाञ्चोकस्थित ९ पालिकाका २ हजार ८४९ बाढी पहिरो पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता रकम वितरण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेका १३ पालिकामध्ये ९ पालिकाका बाढी पहिरो पीडितलाई घर बनाउन पहिलो किस्ता २५ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो । २५ हजार रुपैयाँका दरले…