प्रचण्डले भने- राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन भन्ने पुष्टि भयो

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आपराधिक मानसिकता भएका मान्छे पुष्टि भएको बताएका छन् । नवनिर्वाचित प्रेस सेन्टर नेपालका पदाधिकारीलाई बधाई दिँदै मंगलवार बिहान निजी निवास खुमलटारमा उनले यस्तो बताएका हुन् । अध्यक्ष ‘प्रचण्ड’ले माओवादी केन्द्रले अभियान चलाइरहेका बेला प्रतिगमनकारीले टाउको उठाउने र वितण्डामा मच्चाउन खोजेपछि आफूहरूले गणतन्त्रको पक्षमा काठमाडौँमा विशाल जनप्रदर्शन…