पशुपतिको धर्मशाला महानगरलाई दिएकोमा पर्यटनमन्त्रीको असन्तुष्टि

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् । मन्त्रालय सम्हालेको सय दिनमा भएका कामबारे जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले कानुनी र शान्तिपूर्ण समाधान खोज्ने गरि अध्ययन समिति गठन गरेको बताए । त्यसको प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने उनले बताए…