मन्त्रिपरिषद्ले निर्णय गरे पनि उद्योगमा जोडिएन बिजुली

काठमाडौँ- आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्न भनी दिएको निर्देशन नेपाल विद्युत प्राधिकरणले पालना गरेको छैन । ऊर्जा मन्त्रालयमार्फत सोमबार १२ बजेभित्र लाइन जोड्न मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देशन दिइए पनि साढे १ बजेसम्म लाइन नजोडिएको हो । सोमबार साढे १ बजेसम्म पनि आफ्नो उद्योगमा लाइन नजोडिएको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए । अर्घाखाँची…