काठमाडौँ- जवाफदेहिता निगरानी समितिले अव्यवस्थित फोहोरका कारण बन्चरेडाँडा आसपासका बासिन्दाको जीवनयापन अत्यन्तै विकराल भएको भन्दै तत्काल उनीहरूका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गरिएको उक्त स्थानमा खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिँगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण स्थानीय बासिन्दाको जीवनयापन कष्टकर भइरहेको समितिको…