बाराको गढीमाई मन्दिरको दान पेटिकाबाट सात लाख भेटी संकलन

वीरगञ्ज- बाराको महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा घटस्थापनाको दिनदेखि राखिएको दान पेटिकाबाट सात लाख भन्दा बढीको भेटी संकलन भएको छ। मन्दिर प्राङणमा घटस्थापनादेखि कार्तिक १३ गतेसम्म राखिएको दान पेटिकाबाट नगदसहित सुन चाँदीका गरगहना गरी सात लाखभन्दा बढीको भेटी संकलन गरिएको हो। मन्दिरमा राखिएको दानपेटिका महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव,गढीमाई मन्दिर बिकाश समितिका अध्यक्ष रामचन्द्र साह…