भारतका प्रसिद्ध अर्थशास्त्री विवेक देवरोयको निधन

काठमाडौँ । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ ।उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए । आन्द्रा बन्द भएको कारण शुक्रबार उनको निधन भएको एडीटीभीले उल्लेख गरेको छ । उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए…