काठमाडौँ । पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले सोमबार पनि प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वी चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाए । त्यस्तै उनको निर्वाचन क्षेत्र…