पर्यटन प्रवर्द्धनका लागि ताल निर्माण गरिँदै

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघा क्षेत्रफलमा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । सुस्ता–३ र ४ नम्बर वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिइएको हो । ताल निर्माणका लागि…