काठमाडौं- निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेद्वारको खर्च सीमा निर्धारण गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को ४० बमोजिम उम्मेदवारले मनोनयन पत्र दर्ता भएदेखि परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवार खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको हो ।…