काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने वा कारबाही गर्ने कुनै नियत सरकारको नभएको प्रष्टीकरण दिएका छन् । मन्त्रालयले बुधबार सोधेको १५ बुँदे सवाललाई लिएर सोधिएको प्रश्नमा मन्त्री खडकाले मन्त्रालयको ‘रेकर्ड’ का लागि मात्रै विवरण माग गरिएको बताए । ‘प्राधिकरणबाट के–के काम भइरहेका छन्, राष्ट्रिय र अर्न्तराष्ट्रिय तहमा…