टुँडिखेलमा फुलपाती बढाइँको पूरा तयारी

काठमाडाैं - बडादसैँका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फुलपातीका दिन आयोजना हुने फुलपाती बढाइँको तयारी पूरा भएको छ। बडादसैँको फूलपातीको दिन बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहने गरेको छ। फुलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी हुने कार्यक्रम रहेको छ। फुलपाती बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित…