काठमाडौँ । दसैँको फूलपातीदेखि पूर्णिमासम्ममा ७५५ जना ट्राफिक प्रहरीको मापसे कारबाहीमा परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार यो अवधिमा ६६० जना सवारी चालक तीव्र गतिमा सवारी चलाएको आरोपमा कारबाहीमा पक्राउ परेका छन् । दसैँको अवधिमा १७७ जना लेन अनुशासन, ४५० जना रेड लाइटमा सवारी चलाउँदा कारबाहीमा परेका छन् । अनावश्यक हर्न बजाएको आरोपमा…