काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल-नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो । नर्वे नेपालको महत्त्वपूर्ण विकास साझेदार भएको तथा ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोग रहेको बताए। दिगो ऊर्जा…