काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् । अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य…