काठमाडौं उपत्यकासहित मध्य नेपालबाट बाहिरियो मनसुन

काठमाडौं उपत्यकासहित मध्य नेपालबाट पनि मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कर्णाली, लुम्बिनी र गण्डकीका पूरै भूभाग तथा काठमाडौं उपत्यकालगायत बागमतीको पश्चिमी र मधेश प्रदेशका पश्चिमी भू–भागबाट बहिर्गमन भएको छ। सुदूरपश्चिमका पूरै भूभाग र कर्णाली धेरै तथा लुम्बिनीका पश्चिमी भू–भागको थोरै स्थानबाट २० असोजमा मनसुन बाहिरिएको थियो। मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको…