काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । मंगलबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेस गरिएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । सो अवसरमा राष्ट्रपति…