सिसबनी। डाक्टर शेखर कोइराला ले क्षेत्रीय सभालाई सम्बोधन गर्दै सरकारी अस्पतालको सेवा विस्तार, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले स्थानीय सरकारी अस्पतालमा अझै सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै विशेषगरी ल्याब र रगत परीक्षण सेवामा समस्या रहेको बताउनुभयो। “सामान्य परीक्षणका लागि पनि बिरामीले बाहिर जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,”…