मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा नलिने बानियाँको घोषणा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् । नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाइ छ । ‘पारदर्शी, उत्तरददायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी…